मोरङको ग्रामथान गाउँपालिका-६ स्थित गढी टोलमा जारी दोस्रो मन्जिल मन्डल स्मृति रानीगढी फुटबल प्रतियोगितामा सुनसरीको अल्फालाईन कन्सट्रक्सन फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा मोरङको हरैंँचा स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै अल्फालाईन फाइनलमा प्रवेश गरेको हो ।

अल्फालाईनलाई जित दिलाउन दुबै गोल सन्दिप लिम्बुले गरे । सन्दिप नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

अब अल्फालाईनले उपाधिका लागि शुक्रबार मोरङ बेलबारीको मट्यारी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । श्री रानी गढी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *