काठमाडौँ । ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।

ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८-४५ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले ३१ अंक योगदान गरे । अकिलेशको १८ अंक सहयोगमा पिपुल्सले गुरुकुलमलाई ३२-१० ले हरायो ।

सिनियर ब्वाइजमै आयोजक न्यु जेनिथले आनन्दकुटीलाई २४-१८, नवोदितले भ्याली भ्युलाई ४७-३६, मनास्लुले एनआईसी एकेडेमीलाई ३८-२९, ग्यालेक्सी पब्लिक स्कुलले वीरसेबालाई १७-१५ र कन्स्टिलेसनले पुष्पसदनलाई ५७-५१ ले पाखा लगाए । न्यु जेनिथका राज रौनियारले ८, नवोदितका आदेशले १८, मनास्लुका भविक गुरुङले २३, ग्यालेक्सीका सुयोग श्रेष्ठले ७ र कन्स्टिलेसनका सुदिन तामाङले २९ स्कोर गरे ।

सिनियर गल्समा जेसिसले पुष्पसदनलाई २२-९ तथा ग्यालेक्सीले न्यु जेनिथलाई ३४-३ ले पन्छाए । जेसिसकी अनिभा महर्जनले १४ तथा ग्यालेक्सीकी न्यान्सी श्रेष्ठले १० अंक बटुले ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथमा भइरहेको प्रतियोगिताको यु-१३ ब्वाइज फुटसलमा प्याराडाइस रिडर्स, ग्यालेक्सी, हार्टल्यान्ड, रिब्स, एआई स्कुल, निःसर्ग वाटिका, विद्यावाणी र ब्राइट होराइजनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *