काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार टोलीलाई बिदाइ गरिएको हो । डबल राउन्ड रोबिनमा हुने प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ ।
प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन् । नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ ।
