भ्याली भ्युलाई सफलता

२०८२, ५ भाद्र बिहीबार २०:३५

काठमाडौं । भ्याली भ्युले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सफलता हात पारेको छ ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भ्याली भ्युले ब्राइट भिजनलाई ४९-४७ ले पराजित गर्यो । भ्याली भ्युका गणेश विष्टले सान्दार प्रदर्शन गर्दै ३३ अंक जोडे ।

सोही स्पर्धामा आनन्दकुटीले एभीएमलाई ३०-२९, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ३६-३४ र पिपुल्स एकेडेमीले कश्यपलाई ३६-२८ ले हराए । आनन्दकुटीका स्वर्णम तामाङले ७, पुष्पसदनका सम्राट लामाले १३ र पिपुल्सका बचनले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा रिब्सले रेडियन्ट पब्लिकलाई २१-१० तथा स्वर्णिमले पुष्पसदनलाई २८-१२ ले पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले १० तथा स्वर्णिमकी हिसी ल्हामुले ८ स्कोर गरे ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु-१६ मा रिब्स, निसर्ग वाटिका, निर्मल ज्योति, मनास्लु, ग्यालेक्सी पब्लिक स्कुल, हार्टल्यान्ड एकेडेमी, ग्रिन भिलेज र ब्रम्हकुञ्जले क्वाटरफाइनल यात्रा तय गरे । ब्वाइज फुटसलकै यु-११ र यु-१३ मा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *