बेलमोन्ट र न्युटनको जित

२०८२, ९ भाद्र सोमबार ०८:४२

काठमाडौं । बेलमोन्ट र न्युटनले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९-१७ ले पराजित गर्यो । बेलमोन्टको जितमा समिक्षा मगरले ८ अंक योगदान गरिन् । इरिन राणाको ६ अंक सहयोगमा न्युटनले ल्यान्डमार्कलाई २०-१७ ले हरायो ।

सिनियर गर्ल्समै इडेन ब्रिज एकेडेमी (इबीए) ले क्यान्भास बसन्त ऋतुलाई १५-८, तेजस्वीले टीआईएलाई १८-१२ र केभीकेएसएसले गण्डकीलाई २३-१३ ले पाखा लगाए। इबीएकी अनामिका पटेलले ६, तेजस्वीकी एस्थर बरुवालले १२ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले ।

जुनियर ब्वाइजमा हिमालयनले ज्ञानभूमिलाई १४-१३, एन्जल्स हार्टले तेजस्वीलाई ४२-३२, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई २४-१५, जेबी स्कुलले आयोजक ग्रिनल्यान्डलाई १७-१३, न्युटनले फ्युजनलाई ३२-२० र लालीगुराँस नेसनल एकेडेमीले भ्याली पब्लिकलाई २७-१६ ले पन्छाए ।

हिभालयनका दिपेन तामाङले ६, एन्जल्स हार्टका रेहान क्षेत्रीले १२, पारामाउन्टका सुदिप घलेले ७, जेबी स्कुलका गौरव ओलीले ७, न्युटनका दिवस मगरले १३ र लालीगुराँसका मन्शुभ गुरुङले १२ अंक जोडे ।

सिनियर ब्वाइजमा न्युटनले सेवा सदनलाई ५७-४२ तथा गण्डकीले जिनियस वल्डलाई ३९-३३ ले पराजित गरे। न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा गण्डकीका विजय घलेले ११ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *