काठमाडौं। नेमोनिक एकेडेमी र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेमोनिकले मनकामनालाई ६७-२१ तथा एन्जल लर्डले टाइमलाइनलाई ४६-१५ ले पराजित गरे । नेमोनिकका विपेश थिङले २१ तथा एन्जल लर्डका शिवम् नायकले ११ स्कोर गरे । सोही स्पर्धामा विद्या आर्जनले बाल संसारलाई ३५-२६ तथा चैतन्यले इस्टपोललाई २९-१४ ले हराए । विद्या आर्जनका सहन लामाले १४ तथा चैतन्यका विशाल कटुवालले १२ अंक जोडे ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्ती आयोजक टाइमलाइनमा भइरहेको प्रतियोगिताको सिनियर गल्समा विट्स एकेडेमीले पल्स एकेडेमीलाई ६-४, बाल संसारले गोकर्णेश्वरलाई ५-३, भेनस पब्लिकले वेब स्कुललाई २४-६ र नेमोनिकले क्रिस्टियनलाई २०-६ ले पाखा लगाए ।
विट्सकी सिर्जना भुजेलले ४, बाल संसारकी विपशा गिरीले ५, भेनसकी सेसमेरी सुनुवारले ९ र नेमोनिककी अस्मिता थापाले १३ अंक बटुले ।
