इङ्लिस च्याम्पियनसिप क्लब वेस्ट ब्रुमले लिभरपुलका डिफेन्डर नेट फिलिप्सलाई अनुबन्ध गरेको छ ।
क्लबले ट्रान्सफर फी गोप्य राख्दै २८ वर्षीय फिलिप्ससँग तीन वर्षको सम्झौता गरेको हो । लिभरपुलमा करिब नौ वर्ष बिताएका फिलिप्सले प्रिमियर लिगमा केवल १९ खेलमा मात्र उपस्थिति जनाएका थिए ।
तर, उनले इंग्ल्याण्डको दोस्रो डिभिजनमा राम्रो अनुभव बटुलेका छन् । पछिल्लो सिजन उनले डर्बी काउन्टीलाई रेलिगेसनबाट जोगाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । यसअघि उनले बोर्नमाउथ र कार्डिफ सिटीका लागि पनि च्याम्पियनसिपमा खेलेका थिए ।
साथै, उनले स्कटिस क्लब सेल्टिक र जर्मन क्लब स्टुटगार्टका लागि पनि खेलिसकेका छन् ।
