अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-२० महिला च्याम्पियनसिप आगामी असार २७ गतेदेखि साउन ५ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।

एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै जेठ ५  गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

छनोट जेठ ५ देखि ६ सम्म एन्फा एकेडेमी मैदान धरान, जेठ ८ देखि १० सम्म कर्णाली रंगशाला सुर्खेत तथा जेठ ११ देखि १४ सम्म एन्फा मुख्यालय मैदान सातदोबाटोमा हुनेछ ।  

एन्फाका अनुसार छनोटमा सहभागी हुन २०६२ पुस १७ देखि २०६५ पौष १६ गते भित्रको जन्ममिति हुनुपर्ने छ । यसैगरी खेलाडीले खेलाडीले जन्मदर्ताको पत्रमाण पत्र, नागरिकता वा पासर्पोट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *