जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड दुई खेलअगावै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई जित दिलाउन पुजन थापाले एक गोल गर्दा एक गोल आत्मघती उपहार स्वरुप प्राप्त भएको थियो । 

खेलको ४७औं मिनेटमा सन्दीप राउतबाट आत्मघाती गोल हुन पुग्दा प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । ८१औं मिनेटमा पुजनले अर्को गोल गर्दै जित पक्का गरे।

जितसँगै ११ खेलबाट २७ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा छ । पराजित बाँसबारी समान खेलबाट १५ अंकसहित सातौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *