कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् ।
विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई २-१ गोलको अन्तरले पराजित गर्यो ।
खेलको रोमाञ्चक परिणाम पथरीका पक्षमा रह्यो । पथरीतर्फबाट प्रतीक सुब्बा र मनिषले प्रत्येकले १-१ गोल गरे भने मिल्स भेट्रान्सका सागत घिमिरले टोमलाई सान्त्वना गोल दिलाए ।
सोही दिन भएको दोस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले झापाको कन्काइ भेट्रान्सलाई ३-१ गोलले विजयी भयो । धरानतर्फबाट पदम कुमार राई, सुरज श्रेष्ठ र निर्मल तामाङले प्रत्येकले १-१ गोल गरे । कन्काइका जितेन्द्र बहादुर श्रेष्ठले टोमलाई एक सान्त्वना गोल दिलाए ।
खेलको उत्कृष्ट खेलाडीको पुरस्कार धरानका पदम कुमार राईलाई प्रदान गरिएको थियो, जसले आफ्नो टोमको जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
प्रतियोगिताको मंगलबार भरौल भेट्रान्स बराहाक्षेत्र, सुनसरी र विराट भेट्रान्स क्लब सुन्दरहरैचा बीच प्रतिस्पर्धा हुने छ ।
