धनकुटाको राजारानीमा आजदेखि शुरु भएको १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा गोल्डेन स्टार भलुवाले विजयी सुरुवात गरेको छ ।

आज राजारानी खेल मैदानमा भएको उद्घाटन खेलमा गोल्डेन स्टारले आयोजक रारा एफसीलाई ४-० गोलले पराजित गरेको हो ।

योसँगै गोल्डेन स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डेन स्टारलाई जित दिलाउन उमेश कार्की, हेमन लिम्बु, निवास फुयाल र अविषेक गुरुङले समान एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच गोल्डेन स्टारका हेमन लिम्बु घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा भोली मंगलबार डाडाबजार फुटबल क्लब र एलएक्स सिटी एफसीबीच खेल हुनेछ । प्रतियोगिताको बिजेताले ७ लाख तथा उपबिजेताले ३ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *