नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु गोल गर्दै आफ्नो नाम नयाँ उपलब्धिमा दर्ज गरेकी छन् ।

सोमबार भएको पहिलो खेलमै ट्रान्सपोर्ट युनाइटेड गर्ल्सबाट खेल्दै उनले यू-१७ गेलेफु एकेडेमी गर्ल्सविरुद्ध ८९औं मिनेटमा गोल गर्न सफल भइन् । पूजाको यो गोल क्लबको ठूलो जितमा थप ऊर्जा बनेको थियो । ट्रान्सपोर्ट युनाइटेडले उक्त खेलमा प्रतिद्वन्द्वी टोलीलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो ।

नेपालकी राष्ट्रिय खेलाडीले अन्तर्राष्ट्रिय लिगमा गरेको प्रदर्शनलाई सकारात्मक संकेतको रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *