विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैंचाको विराट भेट्रान्स र भरौल भेट्रान्स क्लब विजय भएको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा धरान पूर्वेली भेट्रान्स क्बललाई २-० गोलले हराउँदै विराट भेट्रान्स विजयी भएको हो ।

जितको लागि विराटको तर्फबाट रमेश बस्नेत र सन्तोष राईले समान १-१ गोल गरे। खेलको प्लेयर अफ द म्याच विराटका रमेश बस्नेत घोषित भए । उनले नगद १ हजार पाँच सय पाए ।

सोही दिन भएको दोस्रो खेलमा भरौल भेट्रान्सले उर्लाबारी भेट्रान्सलाई १-० गोलले पराजित गर्यो । भरौलको जितमा निर्णायक गोल इस्माइल मियाँले गरे । उनी खेलको प्लयेर अफ द म्याच घोषित भए ।

सोमबारको पहिलो खेल मिल्स भेट्रान्स (ख) र पथरी शनिश्चरे भेट्रान्सबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल हाम्रो धरान भेट्रान्स र कन्काइ भेट्रान्स झापाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *