न्युक्यासलले चेल्सीलाई हरायो

२०८२, २८ बैशाख आईतवार २२:४२

न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ ।

प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो ।

सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा थिए ।

एडी हाउको टोलीले प्रतियोगितामा शीर्ष पाँचमा स्थान सुरक्षित गर्न ठूलो कदम चाल्यो, जसमा सान्द्रो टोनालीले दोस्रो मिनेटमै गोल गर्दै सुरुवात गरे ।

चेल्सीका निकोलस ज्याक्सनलाई स्वेन बोटम्यानमाथि घातक प्रहार गरेपछि गम्भीर फाउलको कारण रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइयो ।

तथापि, दोस्रो हाफमा उनीहरूको प्रदर्शनमा सुधार देखिएको थियो र न्युक्यासललाई दबावमा राखेका थिए ।

तर ब्रुनो गुइमारायसको ९०औं मिनेटमा डिफ्लेक्टेड प्रहारले न्युक्यासलका लागि जित सुनिश्चित गर्यो । जसले म्यानचेस्टर सिटीलाई उछिनेर तेस्रो स्थानमा पुऱ्यायो ।

न्युक्यासल अब ६६ अंकसहित चेल्सीभन्दा ३ अंकले अघि छ । चेल्सी यो सप्ताहन्तपछि च्याम्पियन्स लिग स्थानभन्दा बाहिर रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *