युभेन्टसले इटालियन सिरी ‘ए’ मा बोलोग्नासँग १-१ को बराबरी खेल्दै अंंक बाँडेको छ । 

गएराती भएको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा युभेन्टसले बोलोग्नासँग १-१ को बराबरी खेलेको हो ।

बोलाग्नाको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा खेफ्रेन थुरमले एन्ड्रिया क्याम्बियासोको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

५३ मिनेटसम्म युभेन्टसले अग्रता कायम राखे पनि त्यसपछि भने गोल खायो । बोलाग्नाका रेमो फ्रुलरले थिज्स डालिङ्गाको पासमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि थप गोल हुन सकेन ।

बराबरीसँगै ३५ खेलमा ६३ अंक जोडेको युभेन्टस चौथो स्थानमा उक्लिएको छ । बोलोग्ना समान खेलबाट ६२ अंकसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *