डंकर्कविरुद्ध उत्कृष्ट पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै पिएसजीले दोस्रो श्रेणीको क्लब डंकर्कलाई ४–२ ले पराजित गरेको हो ।

डंकर्कको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन औसमाने डेम्बेलेले दुई गोल गर्दा कप्तान माक्र्विन्होस र डेसिर डोउले सामन एक गोल गरे । डंकर्कका लागि भिन्सेन्ट सासोले र मुहनाद अल–सादले गोल गरे ।

खेलको सातौं मिनेटमा सासोको गोलमार्फत डंकर्कले अग्रता बनाएको थियो । त्यसपछि २७औं मिनेटमा अल–सादले डंकर्कको अग्रता दोब्बर पारे ।

तर, पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए । दोस्रो हाफको ४८औं मिनेटमा पिएसजीका कप्तान माक्र्विन्होसले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

डोउले ५९औं र डेम्बेलेले इन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल गरेपछी पिएसजीले खेल ४-२ ले जित्यो ।

पिएसजीको अब उपाधिका लागि रेम्स र चौथो श्रेणीको क्लब क्यान्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *