वीरगंज युनाइडेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विरगंजले बाँसबारी क्लबलाई २-१ ले पराजित गरेको हो ।
वीरगंजको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे । बाँसबारीका लागि सन्दीप लिम्बुले एक गोल फर्काए ।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ६८औं मिनेटमा विवेकले गोल गर्दै वीरगंजलाई अग्रता दिलाएका थिए ।

८५औं मिनेटमा अमीरले अर्को गोल थप्दै वीरगञ्जको जित पक्का गरेका थिए । तर, पाँच मिनेटपछि नै सन्दीपले गोल गर्दै बाँसबारीलाई खेलमा फर्काउने संकेत देखाएका थिए । यद्यपि, बाँसबारी खेलमा फर्किन भने पाएन ।
दोस्रो जितसँगै ४ खेलमा ८ अंक जोडेको वीरगंज तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको बाँसबारी समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ ।
बुधबारै हुने दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र ब्वाइज युनियन क्लब प्रतिस्पर्धा गर्दैछन् ।
