इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले १२ अंंकको अग्रता बनाएको छ ।
बुधबार राती भएको खेलमा एभर्टनलाई १-० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जिताउन डिएगो जोटाले निर्णायक गोल गरे । उनले खेलको ५७औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको लिभरपुलले ३० खेलबाट ७३ अंंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको ६० अंक छ । पराजित एभर्टन समान खेलबाट ३४ अंंकका साथ १५औं स्थानमा छ ।
