काठमाडौं । नेपाली राष्टिय महिला टोलीकी मिडफिल्डर रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार-२०८१ बाट सम्मानित भएकी छन् ।
गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा रेणुकालाई सोमबार ५० हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो ।
एनसिएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिलभक्त माथेमा र गुरुकुल एजुकेसन फाउन्डेसनका कोषाध्यक्ष अमनप्रताप अधिकारीले सम्मान गरे ।
कोषध्यक्ष अधिकारीले रेणुकालाई ‘अनसिन हिरो’ को रूपमा सम्मान गर्दै भने, ‘रेनुकाले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस वा जीवनको कठिन संघर्ष दुवैमा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ ।’
राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुकाले सन् २०१० मा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् ।
