नेपाली यु-१९ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ९ खेलाडी बाहिरीएका छन् ।

मुख्य प्रशक्षिक उर्जन श्रेष्ठले सोमबार बन्द प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट ९ जनालाई बाहिर राख्दै टोलीलाई ३३ सदस्यमा झारेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक उर्जनले शुरुमा ५८ जना खेलाडीलाई नेपाली यु-१९ राष्ट्रिय फुटबल टोली छनोटका लागि बोलाएका थिए । जसबाट चैत १० देखि १२ गतेसम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन भएको छनोट कार्यक्रमपछि ४२ खेलाडी बन्द प्रशिक्षणको प्रारम्भिक टोलीमा परेका थिए ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ ।

नेपालले श्रीलङ्कासँग ‘मे’ ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ ।

समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलङ्का छ । अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

३३ सदस्यीय टोली

गोलकिपर : भक्तबहादुर परियार, पेम्बा नोर्बु भोटे, विशेष बानियाँ, उपेन्द्र लावन, रोजन प्रधान

डिफेन्डर : रोशन तामाङ, करण तामाङ, सुजलमान घले, समीर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्दान्त खड्का, कुषाण नेम्बाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा, निशान बान्तवा

मिडफिल्डर : कृष्णबहादुर आले, कृष्ण मगर, सरोज दरलामी, लछु थापा, पवन पाख्रिन, सबिन लुङ्गेली मगर, धर्मेन्द्र कुँवर, विनायक थारू, विज्ञान खड्का, रञ्जित लामा, विक्रम गौतम

फरवार्ड : सुजन डंगोल, सुवास बम, सन्तोष गोम्बा, प्रसुन तामाङ, विजय उर्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *