प्लानिङ ब्वाइज युनाइटेड पुन: सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पुन: शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियन क्लबलाई २-१ ले हराउँदै प्लानिङ ब्वाइज तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

प्लानिङको जितमा प्रतावसिंह राईले १२औं र रुजन न्यौपानेले ५४औं मिनेटमा गोल गरे । ब्वाइज युनयिनका संञ्जिव लामाले ४७औं मिनेटमा एक गोल फर्काए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको प्यानिङ ब्वाइजले ४ खेलबाट १२ अंक जोडेको छ । यता पहिलो पराजय बेहोरेको ब्वाइज युनियन ४ खेलबाट ३ अंकका साथ नवौं स्थानमा यथावत छ ।

बुधबारै सम्पन्न पहिलो खेलमा वीरगंज युनाइटेडले बाँसबारी क्लबलाई २-१ ले नै पराजित गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *