इ‌ङ्ग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले जित निकाल्दा म्यानचेष्टर युनाइटेडले हार ब्यहोरेको छ ।

आर्सनलले घरेलु मैदानमा फुलहमलाई २-१ ले हरायो । आर्सनलको जितमा माइकल मेरिनो र बुकायो साकाले गोल गरेका थिए । फुलहमको लागि रोड्रिगो मुनिजले एक गोल फर्काए ।

आर्सनलले दुबै हाफमा समान एक गोल गर्यो । खेलको ३७औं मिनेटमा मेरिनोले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा साकाले आर्सनलको अग्रता दोब्बर बनाए । फुलहमाका रोड्रिगोले इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।

अर्को खेलमा म्यान्चेस्टर युनाइटेड नटिंघम फोरेष्टसँग १-० ले पराजित भयो । घरेलु मैदानमा नटिंघमलाई जित दिलाउन एन्थोनी इलान्गाले पाँचौं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

३० खेलपछि आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छ । फोरेष्ट ५७ अंकसहित तेस्रो स्थानमा आठ अंकको अग्रता बनाउन सफल भयो । युनाइटेड भने ३७ अंकसहित १३औं स्थानमा छ । प्रिमियर लिगमा एक खेल कम खेलको लिभरपुल ७० अंकसहित शीर्ष स्थानमा छ ।

लिगअन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वुल्भ्सले वेष्टहम युनाइटेडलाई १-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *