म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने भएका छन् ।

खुट्टाको चोटको कारण २५ बर्षीय नर्वेजियन फरवार्ड हालान्ड कम्तीमा सात साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

एफए कप क्वार्टरफाइनलमा आइतबार बर्नमाउथविरुद्ध खेल्दा हालान्डको बायाँ खुट्टामा चोट लागेको थियो । उनी मिडफिल्डर लुइस कुकको ट्याकलमा परेर घाइते भएका थिए ।

यससँगै हालान्डले म्यानेस्टर सिटीका कम्तिमा पनि पाँच खेल गुमाउने भएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *