सहिद स्मारक ‘बी’ डिभजन लिगमा झापा एफसीले पहिलो जित दर्ता गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा झापाले सरस्वती युथ क्लबलाई २-० पराजित गरेको हो ।
झापालाई जित दिलाउन प्रदीप बुढाथोकीले ११औं र राजेश दाहालले ८८औं मिनेटमा गोल गरे ।
पहिलाे जितसँगै ४ खेलमा ४ अंक जोडेको झापा सातौं स्थानमा उक्लिएको छ । लगतार दोस्रो पराजय बेहोरेको सरस्वती सामान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।
