झापाको दोस्रो जित, आरसिटी पराजित

२०८१, २६ चैत्र बुधबार १८:१०

झापा एफसीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

बुधबार सातदोबातोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा झापाले आरसिटीलाई २-१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

झापाको जितमा प्रदीप बुढाथोकी र मनीष लिम्बुले गोल गरे । आरसिटीका लागि प्रज्वल गुरुङले गोल गरे ।

खेलको २०औं मिनेटमा प्रदीपले पेनाल्टी मार्फत गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । आरसिटीका सुरज गुरुङले सन्जोग खपांगीमगरलाई लडाएपछि झापाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मनीषले गोल गर्दै अग्रता २–० मा पुर्‍याएका थिए ।

तर, प्रज्वलले ५५औं मिनेटमा गोल गर्दै आरसिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए । त्यसपछि थप गोल निस्कन सकेन ।

जितसँगै ५ खेलमा ७ अंक जोडेको झापा पाँचौं स्थानमा उक्लिएको छ । पराजित आरसिटी समान खेलबाट ४ अंकका साथ १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *