ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेडले टुसाल युथ क्लबमाथि १-० को कठिन जित निकालेको हो ।

ब्रिगेडलाई जित दिलाउन विजय उराउले निर्णायक गोल गरे उनले निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा गोल गरेका थिए ।  उनले कप्तान सुबित कार्कीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

जितसँगै ५ खेलमा ७ अंंक जोडेको ब्रिगेड छैटौं स्थानमा उक्लिएको छ । पराजित टुसाल समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *