भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।

आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच खेल हुँदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आईपिएलमा गुजरात ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कोलकाताले भने यस सिजनमा खराब प्रदर्शन गरेको छ । कोलकाताले अहिलेसम्म ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *