अन्तिम समयमा सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ को लिग लिडर इन्टर मिलान पराजित भएको छ ।

आइतबार राती भएको खेलमा इन्टर बोलाग्नासँग १-० ले पराजित भएको हो ।

घरेलु मैदानमा बोलोग्नालाई जित दिकाउन रिकार्डो ओर्सिलिनीले निर्णायक गोल गरे । उनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए ।

हारका बाबजुद ३३ खेलमा ७१ अंक जोडेको इन्टर शीर्ष स्थानमा कायम छ । जितसँगै बोलोग्ना समान खेलबाट ६० अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

यसैगरी आइतबारै सम्पन्न अर्को खेलमा एसी मिलान घरेलु मैदानमा एटलान्टासँग १-० ले पराजित भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *