बराबरीमा रोकिए धनगढी र पोखरा

२०८१, २६ चैत्र बुधबार २०:०३

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र धनगढी एफसी बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुबै टोलीले केही राम्रा अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।

यो नतिजासँगै ३ खेलमा ५ अंंक जोडेको धनगढी तेस्रो स्थानमा उक्लिएको छ । पोखरा ४ खेलबाट ४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *