स्पेनिस ला लिगामा रियल मड्रिडले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक क्लबलाई १-० ले पराजित गरेको हो ।
घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा भलभर्डेले इन्जुरी टाइमको तेस्रो मिनेटमा हाफ भलीमार्फत गोल गरेका थिए । यस सिजन लिगमा उनको यो छैटौं गोल हो भने डिसेम्बरपछि पहिलो गोल हो ।
त्यसअघि भिनिसियस जुनियरे ११औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । अलाभेज विरुद्धको खेलमा रातो कार्ड पाएका रियलका फरवार्ड केलिएन एमबाप्पे एक खेलको निलम्बनका लागि विल्वाओ विरुद्ध मैदान उत्रन पाएनन् ।
जितपछि रियलले ३२ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । समान खेलबाट बार्सिलोनाको ७३ अंक छ । पराजित एथ्लेटिक समान खेलबाट ५७ अंकका साथ चौथो स्थानमा छ ।
