श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा नयाँबस्ती क्लबलाई २-० गोल अन्तरले हराउँदै श्री कुमारीले दोस्रो जित निकालेको हो ।

श्री कुमारीलाई जित दिलाउन सुजन रानाले १२औं मिनेट र यमन महर्जनले इन्जुरी समयमा गोल गरे ।

जितसँगै ६ खेलमा ६ अंक जोडेको श्री कुमारी अंकतालिकाको १०औं स्थानमा उक्लिएको छ । तेस्रो हार ब्यहोरेको नयाँबस्ती समान खेलबाट ५ अंकका साथ ११औं स्थानमा झरेको छ ।

दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसन र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *