मध्यपुर युथ एशोसियशनले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा दोश्रो जित हासिल गरेको छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोश्रो खेलमा मध्यपुरले सरस्वती युथ क्लबलाई १-० गोलले पराजित गरेको हो ।
सरस्वतीलाई जित दिलाउन रित बहादुर गुरुङले निर्णायक गोल गरे । उनले खेलको ८५ औं मिनेटमा निर्यायक गोल गरेका हुन् ।
जितसँगै मध्यपुरले ६ खेलबाट ७ अंक जोडेको छ । पराजित सरस्वतीको समान खेलमा ६ अंक रहेको छ । दुई खेल जितेको सरस्वतीको यो चौथो हार हो ।
त्यसअघि आज श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराउँदै लिगमा दोस्रो जित निकाल्यो ।
