नेपाली राष्ट्रिय टोलीका डिफेन्डर पूजा रानासहित तीन नेपाल पुलिस क्लबका तीन खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालका अनुसार तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट खेल्नेछन् । पूजा दोस्रो तथा बिर्सना र सम्झना पहिलो पटक भुटानी लिग खेल्दै छन्।
पुलिसले उनीहरु विनानै नेपालगञ्जमा यसै साता सुरु हुने लुम्बिनी कपमा भाग लिनेछ । पूजा राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् । सम्झना र बिर्सना राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका थिए ।
झन्डै ६ महिला चल्ने लिगमा १० टोलीको सहभागिता रहनेछ । ट्रान्सफर युनाइटेडले वैशाख ६ गते सुरु हुने लिगको पहिलो खेलमा साम्त्सेको सामना गर्नेछ ।
