स्टार खेलाडी लियोनेल मेस्सी बिना मैदानमा उत्रेको इन्टर मियामी घरेलु मैदानमा एफसी डालससँग नमिठो हार ब्यहोरेको छ ।

मियामीले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन ।सोमबार विहान भएको खेलमा मियामी डालससँग ४-३ ले पराजित भएको हो ।

खेलको आठौं मिनेटमा शकेल मोरले गोल गर्दै डालसलाई अग्रता दिलाएका थिए । तर, फाफा फिकल्टले १६औं र एलेन आबान्डोले २९औं मिनेटमा गोल गर्दा मियामीले २-१ ले अग्रता बनायो ।

५६औं मिनेटमा डेभिड मार्टिनेजले गोल थप्दा मियामी ३-१ ले अघि रहेको थियो । ओसाजे उरोघाइडले ६४औं र एन्डरसन जुलियाले ६९औं मिनेटमा गोल गर्दै डालसलाई ३-३ को बराबरीमा ल्याए ।

खेलको ८१औं मिनेटमा पेड्रिन्होले गोल गर्दै डालसलाई ४-३ को रोमाञ्चक जित दिलाए । 

जितसँगै १० खेलमा १५ अंक जोडेको डालस वेर्स्टन कन्फिरेन्सको छैटौं स्थानमा छ । पहिलो पराजय बेहोरेको मियामी ९ खेलबाट १८ अंकका साथ इर्स्टन कन्फिरेन्सको पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *