एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा नटिङ्घम फरेस्टलाई २-० ले गोलअन्तरले पराजित गर्दै सिटीले उपाधिका लागि क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्ने भएको हो ।

वेम्बली रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन रिको लेविस र जोस्को ग्वार्डियोलले गोल गरे ।

खेल सुरु भएको दोस्रो मिनेट मै रिकोको गोलमा सिटिले अग्रता बनायो । ग्वार्डियोलले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । त्यसपछी थप गोल हुन सकेन ।

यससँगै सिटी तेश्रो पटक एफए कपको फाइनलमा पुगेको हो । निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप ट्रफी उठाउने आशामा छ ।

क्रिस्टल प्यालेस यसाघि नै एस्टन भिल्लालाई ३-० गोलले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । सिटी र प्यालेसबीचको फाइनल खेल मे ७ मा वेम्बलीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *