इटालियन सिरी ‘ए’ मा इन्टर मिलान घरेलु मैदानमा रोमासँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा इन्टर रोमासँग १-० गोलले पराजित भएको हो ।
रोमालाई जित दिलाउन माटियस सोलेले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै ३४ खेलबाट ६० अंक जोडेको रोमा अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । पराजित इन्टर समान खेलबाट ७१ अंकसहित दोश्रो स्थानमा छ ।
शीर्ष स्थानमा रहेको नापोलीको समान खेलबाट ७४ अंक छ ।
