नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नयाँबस्तीले वीरगञ्ज युनाइटेडलाई १–० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेट दुवै टोलीले बराबरी खेलेका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमा श्रीकृष्णले गोल गर्दै नयाँ बस्तीलाई पहिलो जित दिलाएका हुन् ।
पहिलो जितसँगै ५ खेलबाट ५ अंक जोडेको नयाँ बस्ती आठौं स्थानमा उक्लिएको छ । पराजित वीरगञ्ज समान खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा यथावत् छ ।
