काठमाडौं रेजर्सले नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटबल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो ।

काठमाडौंलाई पहिलो जित दिलाउन विदेशी खेलाडी अमाडाेउ डिओपले निर्णायक गोल गरे । उनले खेलको ८९औं मिनेटमा गोल गरेका थिए ।

यसअघि ७१औं मिनेटमा डिफेन्डर सुमन श्रेष्ठले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बुटवल १० खेलाडीमा समेटियो । सुमनले कर्नर लिने क्रममा काठमाडौंका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए ।

पहिलो जितसँगै ४ खेलमा ५ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । पराजित बुटवल समान खेलबाट एक अंकका साथ पुछारमा छ । यससँगै बुटवलको प्लेअफ सम्भावना समाप्त भएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *