शहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा प्लानिङले सरस्वती युथ क्लबलाई ३-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोलले खेलको दोश्रो, सरोज कार्कीले ७३औं र फागुराम थारुले ८२औं मिनेटमा गोल गरे ।

जितसँगै ५ खेलबाट १५ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा छ । यता पराजित सरस्वती समान खेलमा ६ अंकसहित आठौं स्थानमा रहेको छ ।

दिनको दोस्रो खेलमा वीरगंज युनाइटेड र नयाँबस्ती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसा ३ः४५ मा सुरु हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *