गोलकिपर अञ्जना रानामगरले विभागीय टोली एपिएफबाट डेब्यू गरेकी छन् ।

नेपालगञ्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा कर्णालीविरुद्धको खेलमा उनी सुरुआती ११ मा परेकी हुन् ।

करिब एक दशक आर्मीको जर्सीमा बिताएकी अञ्जना गत महिना एपिएफमा गएकी थिइन् । एपिएफकी नियमित गोलकिपर अञ्चिला तुम्बाप्पो ग्रीसको व्यावसायिक लिग खेल्न गएकी कारण टिम सिनियर गोलकिपरविहीन थियो ।

त्यसपछि सावित्री किशनले पोस्ट सम्हाल्दै एपिएफलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् । तर, अञ्जनाको आगमनसँगै सावित्री पुनः बेन्चमा सीमित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *