श्री कुमारी क्लबले जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री कुमारीले टुसाल क्लबलाई २-१ गोल अन्तरले पारजित गरेको हो ।
कुमारीलाई जित दिलाउन निशान्त प्रधानले ११औं र विनोद धमलाले ७६ औं मिनेटमा गोल गरे । टुसालका लागि ८६ औं मिनेटमा सुजन माझीले एक गोल फर्काए ।
जितसँगै ७ खेलबाट ९ अंक जोडेको श्री कुमारी तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित टुसालको समान खेलमा ६ अंक छ ।
