राजधानीमा जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र अन्नपूर्ण क्लब आरसिटी गोलरहित बराबरीमा रोकिएका छन् ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुवै टोलीले गोलका लागि पाएको अवसरको सदुपयोग गर्न नसक्दा बराबरी खेल्दै अंक बाड्न बाध्य भएका हुन् ।

यस बराबरीसँगै मध्यपुर युथले ७ खेलबाट ८ अंक जोडेको छ । यस्तै अन्नपूर्णले समान खेलबाट ५ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *