च्याम्पियन मछिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेश्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मछिन्द्रले उपाधिमा ह्याट्रिक गरेको थियो ।

मछिन्द्रले प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्दा उत्कृष्ट प्रदर्शन गरेका सनिश सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

सर्वोकृष्ट खेलाडी बनेका सनिशले १ लाख रुपैयाँका साथै यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।

यस्तै मछिन्द्रकै फरवार्ड स्टेफन जमाह जाली सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताका ३ खेलमा ४ गोल गरे ।

मछिन्द्रकै कप्तान विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिदा आर्मीका फरवार्ड निराजन धामी उदीयमान खेलाडी घोषित भए ।

तीनै जनाले समान ५० हजार रुपैयाँसहित यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *