धनगढी एफसीले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि विदेशी खेलाडीका रुपमा अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिने भएको छ।

यसअघि दुबै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेल्दै टोलीलाई दुबै सिजनको फाइनलमा पुऱ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भारत र बंगलादेशको शीर्ष लिग समेत खेलिसकेका उनले नेपालका प्राय सबै शीर्ष क्लबबाट ए डिभिजन लिग खेल्दै आफ्नो प्रभाव छाड्दै आएका छन् । ३० वर्षिया नाइजेरियन यी खेलाडीको आगमनसँगै धनगढी एफसी बलियो बनेको छ ।

यसअघि नै धनगढी एफसीले लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई पनि क्लबमा फर्काइसकेको छ । क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीले देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास खेलाडीका रुपमा रहेका छन् ।

यस्तै, धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराएका छन् ।

नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढी एफसीका ब्रान्ड एम्बेसडर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *