इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिला तीन खेलमा राजस्थान रोयलका कप्तानी युवा अलराउण्डर रियान परागले सम्हाल्ने भएका छन् ।

नियमित कप्तान सञ्जु सेमसनको औंलामा लागेको चोट निको हुन अँझै केहि समय लाग्ने भएकोले परागलाई शुरुका तीन खेलको लागि कप्तानमा नियुक्त गरिएको हो ।

अब राजस्थान रोयलले परागको कप्तानीमा २३ मार्चमा सनराइजर्स हैदरावाद, २६ मार्चमा डिफेन्डिङ च्याम्पियन कोलकोता र ३० मार्चमा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्गसँग घरेलु मैदानमा भिडन्त गर्नेछ ।

यो जिम्मेवारी पाएसँगै रियान विराट कोहलीपछि आईपीएलमा कप्तानी गर्ने सवैभन्दा युवा कप्तान समेत बन्नेछन् ।

राजस्थानका नियमित कप्तान सेमसन इङ्गल्याण्डविरुद्ध भएको टी २० अन्तर्राष्ट्रिय क्रिकेटका दौरान जोफ्रा आर्चरको बल औलामा लाग्दा उनको औंला फ्याक्चर भएको थियो । त्यसपछि सेमसनको औंलाके सर्जरी गरिएको थियो ।

अहिले सेमसनलाई ब्याटिङ गर्ने अनुमति दिइएपनि विकेट किपिङ गर्ने अनुमति भने दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *