काठमाडौं । आयोजक टीआईएले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार मिश्रित नतिजा निकालेको छ ।
टीआईए ‘बी’ ले जित हात पार्यो भने टीआईए ‘ए’ ले हार व्यर्होयो । टीआईए ‘बी’ ले निम्सलाई ३२–२० ले पराजित गर्यो । जितमा आयुश तामाङले १६ अंक योगदान गरे । अनमोल माझीको २१ अंक सहयोगमा काठमाडौं जेभियर्सले टीआईए ‘ए’ लाई ४१–२१ ले हरायो ।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले स्किब्सलाई २९–२७, मार्वलसले रिलायन्स को–एडलाई ३१–२२ र एलआरआईले क्याम्पियनलाई ३०–१८ ले पाखा लगाए । मार्वलसका सिनेप शाहीले २१ तथा एलआरआईका सुजल मडईंले १४ अंक जोडे ।
सिनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभनले टीआईएलाई २६–८, भ्याली पब्लिकले इम्पेरियल वल्र्डलाई ५३–८, चेल्सी वल्र्ड स्कुलले एलआरआईलाई १७–१० र निम्सले जोन डेवीलाई २०–६ ले पन्छाए । बौद्धकी जस्मिन गुरुङले ११, भ्याली पब्लिककी सेलिना गुरुङले २५, चेल्सीकी प्रारम्भ पन्तले १० र निम्सकी सिसरा तामाङले ६ स्कोर गरे ।
