भ्याली पब्लिक विजयी

२०८३, ९ मंसिर मंगलवार २०:५१

काठमाडौं । आयोजक भ्याली पब्लिक ‘ए’ ले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ ।

भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिक ‘ए’ ले एन्जल्स हार्टलाई ४१–३६ ले पराजित गर्यो । विजेताका आर्यान गुरुङले २१ स्कोर गरे । सोही स्पर्धामा जेबी स्कुलले रेडियन्टलाई ३४–३२ र इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–२२, न्युटनले बाल वाटिकालाई ४८–४०, गोल्डेनपिकले सेबलाई ५५–५०, डाफोडिलले इबीएलाई ५१–२१, रिलायन्सले स्किब्सलाई ४५–३९, पारामाउन्ट एकेडेमीले टीआईएलाई ३५–२६ र फेरिल्यान्डले वेद्व्यासलाई ५०–४६ ले हराए ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३३–२९, स्कोलर्स होमले फ्युजन एकेडेमीलाई २२–१५, फेरिल्यान्डले लालीगुराँस नेसनल एकेडेमीलाई १४–१०, न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ९–६, गण्डकीले हिमरश्मिलाई ३६–३० र एसिया प्यासिफिकले हिमरश्मिलाई १८–१० ले पाखा लगाए ।

सिनियर गल्र्समा जेबीले न्युटनलाई २१–१९, फेरिल्यान्डले सेबलाई १९–१०, बाल वाटिकाले क्यान्भास बसन्त ऋतुलाई ८–६, ज्ञान संस्कारले रिलायन्सलाई १७–११, इबीएले ह्वाइटफिल्डलाई ६–४ र डाफोडिलले भ्याली पब्लिक ‘बी’ लाई २५–१० पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *