युनाइटेड बराबरीमा रोकियो

२०८१, २३ फाल्गुन शुक्रबार १०:०३

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।

युनाइटेड सोसिडाडसँग बिहीवार भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका जोहोशू जिर्कजीले गोल गरे । सोसिडाडका लागि मिकल ओयार्जाबलले गोल गरे ।

खेलको ५७औं मिनेटमा जिर्कजीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, ७०औं मिनेटमा ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै सोसिडाडलाई बराबरीमा पुर्याए । दोस्रो लेगको खेल मार्च १४ मा युनाइटेडको मैदानमा हुनेछ ।

अर्को खेलमा टोटनहम एजेड आख्मारसँग १-० ले पराजित भयो । लुकास बोरगभालीको आत्मघाती गोल निर्णायक रह्यो ।

युरोपा लिगको अन्तिम १६ का अन्य खेलमा इन्ट्राख्ट फ्रायन्कफर्टले आयक्सलाई २-१, बोडोले ओलम्पियाकोजलाई ३-० र लाजियोले भिक्टोरिया प्लाजेनलाई २-१ ले पराजित गर्यो ।

त्यस्तै लियानेले एफसीएसबीालई ३-१, रेन्जर्सले फेनाबाचेलाई ३-१ र एएस रोमाले एथलेटिको बिलबाोलई २-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *