इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम-१६ को पहिलो लेगमा क्याभेलियर एफसीलाई २-० ले पराजित गरेको छ ।
शुक्रबार चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन टाडियो एलेन्डे र लुइस स्वारेजले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ६१औं मिनेटमा एलेन्डेको गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा स्वारेजले गोल गर्दै मियामीको जित पक्का गर्यो ।
मियामी आफ्नो नियमित कप्तान लियोनल मेसी विनै मैदान उत्रिएको थियो । अब दोस्रो लेग क्याभेलियरको घरेलु मैदान नेसनल रंगशालामा हुनेछ ।
