युइएफए कन्फरेन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीले कोपनहेगनविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
बिहीबार राति कोपनहेगनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई जित दिलाउन रीस जेम्स र एन्जो फर्नान्डेजले गोल गरे । घरेलु टोली कोपनहेगनका लागि ग्याब्रियल परेराले एक गोल फर्काए ।
खेलको ४६औं मिनेटमा रीस जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।
६५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २-० ले अघि बढाए । ७९औं मिनेटमा परेराले गोल गर्दै कोपनहेगनलाई खेलमा फर्काउने कोसिस गरे । तर, त्यसपछि गोल हुन नसक्दा चेल्सीले रोमाञ्चक जित निकाल्यो ।
अब दोस्रो लेग चेल्सीको घरेलु स्ट्यामफोर्ड ब्रिजमा हुनेछ ।

